अपारदर्शी रुपमा कार्यकारी निर्देशक र महाप्रबन्धक नियुक्त गर्दै उद्योग मन्त्रालय

  २०७६ माघ ६ गते १०:४८     विकासन्युज

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मातहतका निकायमा कार्यकारी निर्देशक तथा महाप्रबन्धक नियुक्ती अपरदर्शि रुपमा गर्न लागेको छ । मन्त्रालयले नेपाल ईन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशक र नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको महाप्रबन्धक नियुक्तीमा आर्थिक पारदर्शिता देखाउन नसकेको हो ।

दुबै पदमा नियुक्त हुने व्यक्तिले कति तलब सुविधा पाउने हो भन्ने खुलस्त पारिएको छैन । पदपूर्ति सम्बन्धि सूचनामा प्रचलित ऐन, नियम र कानुन बमोजिम मासिक पारिश्रमिक तथा अन्य सेवा सुविधा पाउने उल्लेख गरिएको छ । जबकी अर्थमन्त्रालय मातहतका निकायमा कार्यकारी प्रमुख नियुक्ती गर्दा सम्बन्धित व्यक्तिले कति तलव पाउने, कति भत्ता पाउने, कति बोनस पाउने स्पष्ट उल्लेख गरिएको हुन्छ ।

अर्थमन्त्रालय मातहतका कर्मचारी संचय कोष, नागरिक लगानी कोष, कृषि विकास बैंक, नेपाल बैंक लगायत सरकारी लगानी भएका संस्थाहरुमा कार्यकारी प्रमुखले पाउने तलव सुविधा खुलस्त रुपमा सार्वजनिक गरिएको हुन्छ ।

सरकारले सर्ब साधारणको सेयर लगानी भएको सबै कम्पनीमा कार्यकारी प्रमुखको तलव सुविधा, सञ्चालक समितिले लिएको बैठक भत्ता तथा अन्य सुविधा रकममा नै उल्लेख गरि सार्वजनिक गर्नु पर्ने व्यवस्था गरेको छ ।

अहिले बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले पाउने तलव सुविधाहरुका बारेमा आमसञ्चार माध्यमको समाचारको विषय बनेका छन् । तर सरकारी निकायमा राजनीतिक नियुक्ती पाउनेको तलव सुविधा गोप्य राख्ने गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.