प्रिमियर स्टीलले ल्यायाे ‘प्रिमियर नेक्स्ट ५०० डी’ डण्डी बजारमा

  २०७६ माघ ६ गते ११:३९     विकासन्युज

काठमाडाैं ।  पूर्वाधार निर्माणको लागि प्रिमियर स्टीलले ‘प्रिमियर नेक्स्ट ५०० डी’ डण्डी बजारमा ल्याएको छ। सारडा र एके राठी ग्रुपको संयुक्त लगानीको यस कम्पनीले मजबुत निर्माणको लागि प्रिमियर नेक्स्ट ५०० डी भएकाे जनाएकाे छ ।

डण्डी न्यूनतम ८ मिलिमिटरदेखि अधिकतम ३२ मिलिमिटरसम्म उपलब्ध रहेको कम्पनीका ब्राण्डिङ एण्ड प्रमोसन्स प्रमुख सजल राउतले जानकारी दिए। ‘यस डण्डीमा अधिकतम लचकता छ’ उनले भने ।

प्रणालीमार्फत तयार हुने भएकाले दीर्घकालीन प्रयोगको लागि उपयोग रहेको कम्पनीको भनाइ छ । २०७२ सालको भुकम्पपछि भएको अधिकांश क्षतिलाई मध्यनजर गरी उक्त स्टील बजारमा ल्याएकाे जनाएकाे छ । नेपाल भारतलगायतका देशको लागि उच्च लचकता भएको छटको आवश्यकता भएअनुसार रहेको कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार प्रिमियर नेक्स्ट ५०० डी ब्राण्डको डण्डी पूर्व मेचीदेखि पश्चिम बुटवल, पोखरासम्म उपलब्ध रहेको कम्पनीको भनाइ छ। ब्राण्डको उत्पादनलाई विस्तार गर्ने कामलाई आक्रमक रुपमा अघि बढाइरहेको कम्पनीको दाबी छ ।

यस डण्डीले गुणस्तर चिन्ह एनएस १९१ र आइएसओ ९००१ र २०१५ प्राप्त गरिसकेको छ। यो छडमा कार्वन, सल्फर र फोस्फरसको रासायनिक मात्रामा कन्ट्रोल गरी इलोङगेशन (तन्कने) पनि १६ प्रतिशत न्यूनतम तय गरिएको बताइएको छ। प्रिमियर नेक्स्ट ५०० डी ब्राण्डको डण्डी उपभोक्ताले आफ्नो रोजाइ अनुसार छनौट र प्रयोग सक्ने कम्पनीको भनाइ छ।

आगो नलाग्ने, शक्तिशाली र भुकम्प प्रतिरोधी विशेषता यसमा रहेको छ । यस स्टीलमा रहेका विशेषताले यस प्रडक्टलाई अझ उचाइमा पुयाउने कम्पनीको विश्वास छ। ठूलो पूर्वाधार आयोजनामा पनि यसको प्रयोग बढिरहेको छ। प्रडक्टको लागि ‘प्रिमियर स्टील, भरोशा नयाँ युग निर्माणको’ भन्ने स्लोगन तय गरिएको छ।

यसले भोलीको निर्णय गर्दा आज हामीले राम्रो प्रडक्ट प्रयोग गर्नुपर्छ भन्ने सन्देश दिने कम्पनीको दाबी छ। बिल्डटेक प्रर्दशनीले पनि छडका प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको कम्पनीको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.