कृषि विकास बैंककाे २ अर्ब ५० करोड ऋणपत्र जारी, व्याज वार्षिक १०.३५ प्रतिशत

  २०७६ माघ ६ गते १०:३५     विकासन्युज

काठमाडाैं । कृषि विकास बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता डिबेञ्चर निश्कासन गरेको छ । सेयर बजार उकालो लागि रहेको बेला बैंकले सो रकमको ऋणपत्र निश्कासन गरेको हो ।

बैंकले आगामी ७ वर्षका लागि बार्षिक १०.३५ प्रतिशत व्याजदरमा ऋणपत्र निष्काशन गर्न लागेकाे हाे । ऋणपत्रका १०.३५ प्रतिशत व्याजदर अहिलेसम्म कै उच्च दर हाे ।

एडीबीएल कृषि बैक ऋणपत्र २०८३ माघ १४ गतेदेखि खुला गरिएकाे छ । छिटाेमा माग १७ गते र ढिलाेमा फागुन १४ गते निष्काशन बन्द हुने बैंकले जनाएकाे छ ।

प्रतिकित्ता एक हजार रूपैयाँ अंकित ऋणपत्र कम्तमा २५ कित्ता र बढीमा २ लाख २५ हजार कित्ता किन्न सकिनेछ । यसकाे निष्काशन तथा बिक्री प्रबन्धक एनअाइबी एस क्यापिटल हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.