सिटिजन्स बैंकको नाफा ६८ करोड, खराब कर्जा १ प्रतिशतभन्दा पनि कम

  २०७६ माघ ६ गते १०:१७     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले चालु आर्थिक वर्षको ६ महिनामा ६७ करोड ७७ लाख रुपैयाँ नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ७७ करोड ३ लाख रुपैयाँ नाफा गरेको थियो ।

बैंकले ४ अर्ब ६७ करोड ९९ लाख रुपैयाँ व्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा यस्तो व्याज आम्दानी ४ अर्ब २९ करोड ६८ लाख रुपैयाँ थियो ।

बैंकले ३ अर्ब २४ करोड १९ लाख रुपैयाँ व्याज खर्च गरेको छ । गत वर्षको सोही अवधिमा यस्तो व्याज खर्च २ अर्ब ८० करोड २३ लाख रुपैयाँ थियो ।

बैंकको खुद व्याज आम्दानी घटेको छ । गत वर्षको पुस मसान्तसम्ममा १ अर्ब ४९ करोड ४५ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकले यस वर्षको सोही अवधिमा १ अर्ब ४३ करोड ७९ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

बैंकले खराब कर्जा घटाएको छ । गत वर्षको पुस मसान्तसम्ममा १.६२ प्रतिशत रहेको खराब कर्जा अनुपात यस वर्षको पुस मसान्तसम्ममा ०.९९ प्रतिशतमा सिमित भएको छ । आधार दर १०.३५ प्रतिशत छ भने व्याज अन्तर (स्प्रेड) दर ३.६९ प्रतिशत छ ।

बैंकमा सर्वसाधारणको ७५ अर्ब ५९ करोड ३३ लाख रुपैयाँ निक्षेप छ । गत वर्षको पुस मसान्तमा सर्वसाधारणको ७० अर्ब ५० करोड ९० लाख रुपैयाँ निक्षेप थियो ।

बैंकले सर्वसाधारणलाई ६९ अर्ब ८ करोड ८१ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको छ । गत वर्षको पुस मसान्तसम्ममा बैंकले ६२ अर्ब ९१ करोड १९ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.