काठमाडौंमा छैठौँ महिला उद्यमी सम्मेलन आयोजना हुँदै

  २०७६ माघ ५ गते १९:३४     विकासन्युज

काठमाडौँ । काठमाडौमा छैठौँ महिला उद्यमी सम्मेलन २०२० आयोजना हुने भएको छ । कार्यक्रम माघ १२ गते लाजिम्पाटको र्याडिसन होटलमा हुने बताइएको हो ।

नेपाली युवा उद्यमी फोरमको सिग्नेचर कार्यक्रमले आयोजना गर्ने कार्यक्रमको प्रायोजन लक्ष्मी बैंकले गरेको छ । यस्तै, कार्यक्रमको प्लाटिनम स्पोनसर अन्तराष्ट्रिय श्रम संगठन रहेको छ । विगतका वर्षहरु जस्तै यो कार्यक्रमले महिला उद्यमशिलतालाई प्रबद्र्धन गर्दै आएको छ ।

यो वर्ष ३ सयभन्दा बढि सहभागिहरुको सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ । कार्यक्रममा, उद्यमी, श्रमिक महिला, विभिन्न व्यावसायीहरु लगायत विभिन्न विज्ञहरु र विद्यार्थीहरुको उपस्थिति रहने छ ।

कार्यक्रममाविभिन्न विज्ञहरुको सम्बोधन, प्रेरक वक्ताहरुको प्रस्तुति, प्यानल छलफल लगायत वभिन्न कार्यशालाहरुको पनि आयोजना गरिने बताइएको छ । कार्यक्रममा महिला उद्यमशिलताका विषयमा र उनिहरुले भोगेका चुनौती र अवसरहरुको बारेमा विभिन्न सत्रहरुमा विज्ञहरुबीच छलफल गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.