कामना सेवा विकास बैंकले प्रदेश ५मा एकैदिन उद्घाटन गर्यो २ नयाँ शाखा

  २०७६ माघ ५ गते १९:३१     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले एकैदिन प्रदेश नं. ५ मा २ नयाँ शाखा उद्घाटन गरेको छ । विकास बैंकले माघ ५ गते मात्रै नवलपरासीको बर्दघाट र रुपन्देहीको मणिग्राममा एकैसाथ २ वटा शाखा कार्यालय स्थापना गरि उद्घाटन गरेको हो ।

यो सँगै अब बैंकको शाखा संख्या ११६ पुगेका छन् । बर्दघाट शाखाको उद्घाटन बर्दघाट नगरपालिकाका प्रमुख धिरज शर्मा बस्याल र बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले संयुक्त रुपमा गरेका हुन् । यसैगरी, मणिग्राम शाखाको उद्घाटन तिलोत्तमा नगरपालिका बासुदेव घिमिरे र बैंकका सञ्चालक भीम प्रसाद तुलाचनले संयुक्त रुपमा गरेका हुन् ।

काठमाडौं ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकले हाल ११६ वटा शाखा कार्यालयहरु तथा ६० वटा एटीएममार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.