सनफ्लो सनफ्लावर तेल योजनाको चौथो लक्की ड्र विजेता घोषित

  २०७६ माघ ५ गते १९:१७     विकासन्युज

काठमाडौं । सनफ्लो सनफ्लावर तेल “सनफ्लोमा पकाऔं मीठो परिकार, साथमा पाऔं हिराको हार उपहार” योजना अन्तर्गत चौथो लक्की ड्र कार्यक्रम अन्तर्गत हिराको हार र हिराका अन्य उपहार विजेताहरुको नाम घोषणा गरिएको छ ।

चौथो लक्की ड्र अन्तर्गत पाल्पा निवासी खिमबहादुर बि.कले हिराको नेकलेस जितेका छन् । त्यसैगरी पेप्सीकोला निवासी सौरभ श्रेष्ठ र विराटनगर निवासीन्रमता राईले हिराको लकेट जितेका छन् । बसुन्धारा निवासीजुनु श्रेष्ठ र पाल्पा निवासी केश मायापुनले हिराको टप जितेका छन् ।

के.एल. दुगड समूह अन्तर्गतको स्वस्तिक आयल इन्डष्ट्रिज प्रा.लि.ले आफ्नो उत्पादन सनफ्लो सनफ्लावर तेलमा आकर्षक हिराको हार र हिराको सेट जित्ने उत्साहजनक अफर सञ्चालनमा ल्याएको छ । यो योजना २३ अक्टुबर २०१९ देखि शुरु भई सीमित अवधिका लागि मात्र लागु रहने कम्पनीले जनाएको छ ।

यो योजनामा सहभागी हुन उपभोक्ताहरुले आधा लिटर वा १ लिटरको सनफ्लो सनफ्लावर तेलको प्याकेट खरिद गर्नुपर्नेछ र प्याकेटमा भएको १० अंकको नम्बर टाइप गरी ३१००८ माएसएमएस पठाउनु पर्नेछ । लक्की ड्र मार्फत १ जनाविजेताले हिराको हार, २ जना विजेताले हिराको टप र २ जना विजेताले हिराको लकेट जित्न सक्नेछन् । एकजना भाग्यशाली विजेताले बम्पर लक्की ड्र मार्फत योजनाको अन्तिममा हिराको नेकलेस सेट जित्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.