महालक्ष्मी विकास बैंक र ईसेवाबीच सम्झौता, नयाँ खाता खाेल्न सहज हुने

  २०७६ माघ ५ गते १९:२०     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंक र इसेवा फोनपेबीच सम्झौता भएको छ । ग्राहकहरुलाई सरल, सहज र गुण्स्तरीय सेवा प्रदान गर्नका लागि बैंक र ईसेवा फोनपेबीच आइतबार सम्झौता भएको हो ।

ग्राहकले अब ईसेवा फोनपेका एजेन्टहरुमार्फत सजिलै बैंकको खाता खोल्न सक्नेछन । उक्त खातामा बैंकले ग्राहकलाइ निःशुल्क रुपमा मोवाइल बैंकिङ सेवा, एटिएम सेवा र डलर कार्ड सेवा उपलब्घ गराउने छ ।

बैंककोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र ईसेवाफोनपेको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले हस्ताक्षर गरेका हुन् । बैंकले आगामीदिनमा ईसेवाको अत्याधुनिक डिजिटल प्रविधिसँग सहकार्य गर्दै ग्राहकहरुलाई गुणस्तरीय सेवाप्रदान गर्न सदा तत्पर रहने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.