ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउण्टर गुल्मीमा

  २०७६ माघ ५ गते १९:०७     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले जिल्ला प्रशासन कार्यालय, तम्घास, गुल्मी परिसरमा नयाँ एक्सटेन्सन एव्म राजश्व संकलन काउण्टर सञ्चालनमा ल्याएको छ । उक्त काउण्टरको उद्घाटन जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख जिल्ला अधिकारी कोसहरि निरौलाले उद्घाटन गरेका हुन् ।

सेवाग्राहीको बढ्दो चाप र स्थानिय बासीको विस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरी उक्त एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर सञ्चालनमा ल्याएको हो ।

बैंकले २६६ शाखा, २५५ एटिएम, ३७ एक्सटेन्सन काउण्टर राजश्व संकलन काउण्टर र २४९ शाखा रहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फतआफ्ना १८ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा दिँदै गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.