सिद्धार्थ बैंकद्धारा निःशुल्क क्यान्सर जाँच शिविर

  २०७६ माघ ५ गते १८:५७     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले अन्नपुर्ण मिसाःपुचः र नेपाल क्यान्सर केयर फाउण्डेसनसँग सहकार्य गर्दै निःशुल्क पाठेघरको मुखको क्यान्सर जाँच शिविर संयुक्त रुपमा आयोजना गरेको छ । बैंकले माघ ४ गते शनिबार काठमाडौं जिल्लाको ज्याठा, वडा नं २७ मा उक्त कार्यक्रम आयोजना गरी सम्पन्न गरेको हो ।

पाठेघर क्यान्सरको सचेतनाका साथ महिला स्वास्थको सुधारमा पहल गर्दै आयोजना गरिएको उक्त शिविरमा ९४ जना महिलाको पाठेघर परिक्षण गरिएको थियो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आइरहेको र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यक्रमहरुमा निरन्तर सहभागिता जनाउँदै जानेछ ।

हाल बैंकले १८० वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, २०० एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिन मार्फत् बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.