आत्महत्या दुरुत्साहन मुद्दामा रवि लामिछानेले पाए सफाइ

  २०७६ माघ ५ गते १७:५०     विकासन्युज

काठमाडाैं । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा सञ्चारकर्मी रवि लामिछानेसहितका ३ जना प्रतिवादीले सफाइ पाएका छन् ।

जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलाशले आइतबार लामिछानेसहित न्यूज २४ टिभिका पत्रकार युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीलाई सफाइ दिएको हो । पत्रकार शालिकराम पुडासैनीको रहस्यमय निधन सम्बन्धमा अनुसन्धानका लागि ११ दिन प्रहरीको न्यायिक हिरासत बसेर गत भदौ ९ गते रिहा भएका थिए ।

पत्रकार पुडासैनीको गएको साउन २० गते भएको रहस्यमय निधन सम्बन्धमा साउन ३० गते छानबिनका लागि भन्दै प्रहरीले रविसहित युवराज कँडेल र अस्मिता कार्कीलाई नियन्त्रणमा लिएर न्यायिक हिरासतमा राखेर अभियोग पत्र दर्ता गरिएको थियो ।

पत्रकार शालिकराम पुडासैनीको रहस्यमय निधनमा उनीहरुको भूमिका रहेको भन्दै सरकारी वकीलले उनीहरुविरुद्ध ८ भदौमा चितवन जिल्ला अदालतमा आत्महत्यादुरुत्साहन गरेको कसुरमा अभियोग पत्र दर्ता भएको थियो । दुवै पक्षको कानुन व्यवसायीको बहसपछि ९ भदौमा चितवन जिल्ला अदालतको आदेशपछि रविले ५ लाख रुपैयाँ र युवराजले ३ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए भने भने अस्मिता भने साधारण तारेखमा रिहा भएकी थिइन् ।

अभियोग पत्रमा उनीहरुविरुद्ध ५ वर्ष जेल सजाय र ५० हजार जरिवानाको माग गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले ११ दिन लगाएर गरेको अनुसन्धान प्रतिवेदन आइतबार सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.