सौन्दर्यविद् सोनी काररंजितद्वारा एलिनाज ब्युटीपार्लरको उद्घाटन

  २०७६ माघ ५ गते १२:३७     विकासन्युज

काठमाडौं । सौन्दर्यकर्मी एलिना श्रेष्ठद्वारा एलिनाज ब्युटीपार्लर संचालनमा ल्याइएको छ । तारकेश्वर नगरपालिका जरंखुस्थित उक्त ब्युटीपार्लरको उद्घाटन प्रमुख अतिथि बरिष्ट सौन्दर्यविद् तथा समाजसेवी सोनी काररंजितले गरेकी हुन् ।

युवा व्यवसायी सौन्दर्यकर्मी एलिनाद्वारा सञ्चालित एलिनाज ब्युटीपार्लर उक्त क्षेत्रको अत्याधुनिक प्रविधि मार्फत सौन्दर्य सम्बन्धि सम्पूर्ण सुबिधा सम्पन्न ब्युटी पार्लर हो । विगत चार वर्ष देखि सौन्दर्य पेशामा रहेर सौन्दर्य क्षेत्रमा बटुलेको आफ्नो अनुभवलाई आफ्नै ठाउँमा केही गरौँ भन्ने उद्देश्य साथ संचालन गरिएको एलिनाले बताएकी छन् ।

सो ब्युटीपार्लरमा अनुभवी सौन्दर्यकर्मी मार्फत ग्राहकहरुलाई सेवा सुबिधा प्रदान गरिने र महिलाहरुलाई चाहिने सौन्दर्य सामग्री समेत बिक्री वितरण हुने कुरा सौन्दर्यकर्मी एलिनाले बताइन् । आफ्नो ब्यबसायिक सफलताको श्रेय आफ्नी आमा इन्दिरा श्रेष्ठ र आफ्नी गुरुआमा सोनी काररंजितलाइ दिने उनले उहाँहरुकोको नै हौसला तथा प्रेरणाले गर्दा आफुले ब्यबसाय सुरु गरेर आत्मानिर्भर बनेको बताइन ।

रोज शिप बिकास तालिम केन्द्रकि अध्यक्ष तथा प्रमुख अतिथि बरिष्ट सौन्दर्यबिद सोनी काररंजितले पार्लरको रिबन काट्दै आफ्ना बिध्यार्थीहरुले शिप सिकेर आत्मानिर्भर भएकोमा खुसि ब्यक्त गर्दै एलिनाज ब्युटीपार्लरले सौन्दर्य क्षेत्रमा नयाँ आयाम थप्ने कुरा बताइन भने ब्यबसायिक सफलताको शुभकामना समेत ब्यक्त गरिन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.