स्पर्श लघुवित्तको सीपमूलक तालिम सम्पन्न

  २०७६ माघ ५ गते ११:४५     विकासन्युज

काठमाडौं । स्पर्श लघुवित्त वित्तीय संस्थाको नौडाँडा शाखाले सदस्यहरुको लागि आधारभुत तीन दिने क्रिष्टलका सामानहरु बनाउने तालिम सम्पन्न गरेको छ । कास्कीको नौडाँडामा माघ २ गते देखि शुरु भएको उक्त कार्यक्रममा वित्तीय संस्थाको २५ वटा केन्द्रका ३० जना सदस्यहरु सहभागी भएका थिए ।

तालिममा चुरा,पोते,औंठी,टप लगायतका सामग्रीहरु बनाउन सिकाइएको थियो ।
कार्यक्रमको समापनका क्रममा वित्तीय संस्थाका सहायक प्रवन्धक सुदिप आचार्यले प्रमाण–पत्र वितरण गर्दै, वित्तीय संस्थाले सदस्यहरुलाई कर्जा प्रवाह गर्नुका साथै यस्ता शिपमुलक तालिमहरु आयोजना गरि आम्दानीका स्रोत बढाउन तथा कर्जा सदुपयोग गर्न उत्प्रेरित गर्ने गरेको बताए

साथै, वित्तीय संस्थाको संचालनमा रहेका २० वटै शाखा कार्यालयहरुमा यस्ता सीपमूलक तालिम संचालन गरिने बताएका छन् । कार्यक्रममा रविना रिजालले प्रशिक्षकको भुमिका निर्वाह गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.