चालु आर्थिक वर्षकाे ६ महिनामा सुदुरपश्चिम सरकारले गर्याे १० प्रतिशत खर्च

  २०७६ माघ ४ गते १४:४६     विकासन्युज

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिनामा १० प्रतिशत विकास बजेट खर्च गरेको छ ।

चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारको चालु र विकास बजेट २८ अर्ब १६ करोड रुपैयाँ छुट्याएको थियो । हालसम्म १ अर्ब ३४ करोड ५२ लाख रुपैयाँ मात्र खर्च भएको हो ।

कुल विकास बजेटको १०.३ प्रतिशत हुन्छ । प्रदेशकको आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले गत वर्षको तुलनामा यस वर्ष खर्च विवरण बताए ।

गत वर्ष १.४१ प्रतिशत मात्रै पुँजीको बचेट खर्च भएको थियो । आर्थिक मामिला योजना मन्त्रालयको दुई दशमलब ४८ प्रतिशत, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको ५.६२ प्रतिशत छ ।

त्यस्तै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको ६.४९ प्रतिशत, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको २४ प्रतिशत, भौतिक पूर्वाधार विकास मन्त्रालयको १३.७१प्रतिशत र सामाजिक विकास मन्त्रालयको ४.९९ प्रतिशत पुँजीगत बजेट खर्च गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.