नाट्टाको अध्यक्षमा अच्युत गुरागाई निर्वाचित, कसको मत कति ?

  २०७६ माघ ३ गते २२:१५     विकासन्युज

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स ( नाट्टा)को अध्यक्षमा अच्युत गुरागाई निर्वाचित भएका छन् । नाटाको नेतृत्वको लागि शुक्रबार भएको मतदानबाट गुरागाई अध्यक्षमा निर्वाचित भएका हुन् ।

आफ्ना प्रतिस्पर्धी भीम प्रसाद पन्त र निहीका शाहलाई पराजित गर्दै उनी अध्यक्षमा विजयी भएका हुन् । यस्तै नाट्टाको वरिष्ठ उपाध्यक्षमा विनय बस्नेेत, उपाध्यक्षमा रमेश थापा, महासचिवमा सुधिर कुमार उपाध्याय पाैडेल, सचिवमा जिस्वाँ तुलाधर श्रेष्ठ, कोषाध्यक्षमा कुमार मणि थपलिया र सहकोषाध्यक्षमा युविका भण्डारी निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरुमा लक्ष्मी कार्की अधिकारी, गीता ढकाल, सुवर्ण श्रेष्ठ, हरि कुमार श्रेष्ठ, विष्णु कार्की, डेण्डी शेर्पा, राजकुमार देवकोटा र भरत जंग पाण्डे निर्वाचित भएका छन् ।

निर्वाचनमा कुल ४ सय ५ मत खसेका थिए

निर्वाचित अध्यक्ष गुरागाईले विकासन्यूजसँग कुरा गर्दैै निर्वाचनमा पार्टीगत रुपले राजनीति गर्ने नभइ पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने टिमले जित हासिल गरेको बताए ।

उनले अाफूले चुनावमा गरेका प्रतिवद्धताहरु कार्यान्वयन गर्ने बताए । निर्वाचित पदाधिकारी तथा सदस्यहरू फरक समूहबाट निर्वाचित भए पनि उनीहरू व्यवसायिक रूपमा अाफ्ना जिक्रीहरू भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.