प्रधानमन्त्री ओली अस्वस्थ्य भएपछि फाष्ट ट्रयाकमा काम गर्दै राष्ट्रपति भण्डारी

  २०७६ माघ ३ गते १९:५२     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ्य भएपछि प्रधानमन्त्री कार्यालयबाट काम ढिलासुस्त भएको भन्दै सरकारको आलोचना भईरहेको बेलामा राष्ट्रपति कार्यालयले फाष्ट ट्रयाकमा काम थालेको छ । राष्ट्रपति कार्यालयले ७ दिन पछि गर्ने काम ७ दिन अघि नै थालेको छ ।

सात दिन पछि हुने काम ७ दिन अघि नै सम्पन्न गर्न थालिएको राष्ट्रपति कार्यालय, शितल निवासले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

राष्ट्रिपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालका अनुसार राष्ट्रिपति विद्यादेवि भण्डारीले २०७६ माग १० गते शुक्रबार जापानका बैदेशिक मामिला सम्बन्धि संसदीय उपमन्त्रीसँग भेट गरेकी छिन् । उक्त भेट भएको विज्ञप्ती २०७६ साल माघ ३ गते शुक्रबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो समाचार पढ्दा प्रधानमन्त्री केपी ओलीकै भाषामा मन र मुटु नभएको सम्पादकले समाचार छापेछ भन्ने लाग्ला । विश्वस्त हुन राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ती जस्ताको तस्तै प्रकाशित गरिएको छ ।

सरकारले तिब्र गतिमा काम गरेको प्रमाणित गर्न राष्ट्रपति कार्यालयले माघ १० गते भएको भेट सात दिन अगाडी नै विज्ञप्ती मार्फत जनतालाई सूसूचित गरेको बताइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.