बालबालिकालाई मध्येनजर गर्दै डिस होमद्वारा राईम्स च्यानलको शुरुवात

  २०७६ माघ ३ गते १९:१३     विकासन्युज

काठमाडाैं । डिटिएच सेवा प्रदायक कम्पनी डिसहोमले राईम्स च्यानलको शुरुवात गरेको छ । बालबालिकाहरुलाई मध्येनजर गर्दै डिस हामले राईम्स च्यानलको प्रसारण शुरु गरेको हो ।

आफ्नो विभिन्न च्यानलहरुमार्फत दर्शकलाई सुूचना सन्देश तथा मनोरञ्जन प्रदान गर्दै आएको डिस होमले यस च्यानलबाट पनि बालबालिकाहरुले धेरै कुराहरु प्राप्त गर्न सक्ने विश्वास लिएको छ । कम्पनीले च्यानल ८०९ नम्बरमा हेर्न सकिने बताएको छ ।

बालबालिकाहरुक लागि घरमै बसेर सिक्न सक्ने एउटा उत्कृष्ट मञ्च प्रदान गर्ने उद्धेश्यका साथ यो च्यानल ल्याइएको कम्पनीले बताएको छ । आफ्ना दर्शकहरुद्वारा पहिले नै उत्कृष्ट प्रतिक्रिया प्राप्त गरिसकेको डिस होमले यो च्यानलबाट पनि आफ्नो उद्देश्य पुरा गर्दै उत्कृष्ट हुने विश्वास लिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.