हावाबाट प्रोटिन बनाउँदै फिनल्याण्डका वैज्ञानिक

  २०७६ माघ ३ गते १९:०६     विकासन्युज

काठमाडाैं । काठमाडौं । फिनल्याण्डका वैज्ञानिकले हावाबाट प्रोटिन बनाइरहेका छन् । उनीहरुले यो प्रोटिनले एक दशकमा यसको मुल्य सोयाबिनको मुल्यसँग प्रतिस्पर्धा गर्ने बताएका छन् ।

प्रोटिनको उत्पादन माटोको ब्याक्टेरियाबाट हुने गर्छ जुन बिजुलीको मार्फत पानीबाट अलग भएको हाईड्रोजनबाट बन्दछ । घाम वा हावाबाट बिजुली उत्पादन भयो भने यस्ता खाना बनाउँदा निस्कने ग्रिन हाउस ग्यास शुन्यमा झर्ने अनुसन्धानकर्ताहरु बताउँछन् ।

उनीहरुले गरेको काम पुरा भए कृषिसँग सम्बन्धित धेरै समस्याहरु समाधान हुने बताइएको छ । गत वर्ष अनुसन्धानकर्ताहरुले यसको लागि सहयोग रकम पनि संकलन गरेका थिए ।  यसको लागि साँढे ५ मिलियन युरो लगानी ल्याउनको लागि उनीहरुले उपाय लगाईसकेको बताएका छन् ।

सन् २०२५ को अन्त्यसम्म बिजुली उतपादनमा लाग्ने खर्च सोयाबिन उत्पादन गर्नु बराबर हुने उनीहरुको अनुमान छ । यो महंगो प्रोटिनबाट बनेको सोलोन भन्ने पिठोको केही पनि स्वाद नहुने उनीहरुको भनाइ छ । आइसक्रिम, बिस्कुट पास्टा, नुडल्स, सस, बे्रड जस्ता खानेकुराहरुलाई केही थपेर पाम तेल जस्तो बनाउन सकिने उनीहरुको भनाइ छ ।

फर्मका सिईवो पासी भाईनिक्का बेलायतको क्रानफिल्ड विश्वविद्यालयमा अध्ययन गरेका हुन् । उनले फिनल्याण्डको लप्पीरन्ता विश्वविद्यालयमासमेत पढाउँछन् ।  यो विचार सबैभन्दा पहिला स्पेस ईन्डस्ट्रीमा १९६० मा आएको उनले बताए । आफ्नो प्लान्टको काम अहिले केही ढिलो भईरहेको तर २०२२ सम्ममा यो तयार भईसक्ले उनले बताए ।

सम्पूर्ण लगानीको फैसला २०२३ सम्म आउने र सबै योजना अनुसार भए २०२५ सम्म यसको पहिलो फ्याक्ट्री बन्नेछ ।
हावा र सौर्य उर्जा जस्तो टेक्नोलोजीको सुधारमा पनि ध्यानमा राख्ने उनको भनाइ छ ।  २०२५ सम्म सोयाको उत्पादनलाई टक्कर दिने उनको योजना छ ।

सालेन बनाउनको लागि पानीमा ईलोक्ट्रोलाईसिसको माध्यमबाट हाईड्रोजनलाई छुट्टाइन्छ, हावाबाट लिईएको कार्बानमोनोअक्साईड र अन्य मिनिरल्सका तत्व ब्याक्टेरीयालाई खुवाइन्छ जसले प्रोटिन बनाउँदछ । यसको लागि उर्जा आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.