रिचार्जरले बिगसेल २०२० ल्याउँदै, विभिन्न अफर पाइने

  २०७६ माघ ३ गते १८:३५     विकासन्युज

काठमाडाैं । भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै जनवरी २० का दिन मोबाइल एप रिचार्जरमा बिगसेल २०२० सञ्चालन हुँदैछ । उक्त दिन रिचार्जरले नेपाली बजारमा अहिले सम्मकै सस्तो मूल्यमा विभिन्न वस्तु तथा सेवा उपलब्ध गराउँदैछ ।

भ्रमण वर्ष सचिवालयको आधिकारिक ई कमर्श प्लेटफर्म समेत रहेको रिचार्जरमा जनवरी २० का दिन राती १२ बजेदेखि बिगसेल चल्नेछ । ह्याप्पीआवर अन्तरगत प्रत्येक घण्टाको अन्तरमा २०२० रुपैंयामा एक्स्क्लुसिभ अफरहरु उपलब्ध हुने रिचार्जरका अध्यक्ष अलाइभ ग्लाइडरले बताए ।

उनले भने, ‘रिचार्जरको सञ्जाल बढाउने अभियानमा प्रयोगकर्ताहरुलाई हामी बजारको तुलनामा सस्तोमा वस्तु तथा सेवाहरु उपलब्ध गराउँदै छौं । रिचार्जरको मोबाइलएप डाउनलोड गरी खाता सञ्चालन गरी अफरबाट लाभान्वित हुन अनुरोध गर्दछु ।’

बिगसेलमामेगा डिल अन्तरगत ६० प्रतिशत सम्मको छुटमा वस्तु तथा सेवाहरु पाइनुका साथै क्यास भौचर, एक्स्ट्रा बैंक डिस्काउण्ट पनिपाउन सकिन्छ । विश्वभरी रहेका स्वदेशी तथा विदेशी पर्यटकले भ्रमण वर्षको अफर अन्तर्गत रिचार्जर बिग सेल २०२० मा सहभागिता जनाउन सक्ने छन् ।

भ्रमण वर्ष २०२० सचिवालयसँगको सहकार्यमा रिचार्जरले तीन वटा नयाँ प्रोडक्ट तथा सर्भिस पनि ल्याउँदैछ । जसमा डोमेस्टिक टूर प्याकेज, सोभिनियर्ज आइटम (नेपाली हस्तकलाका उत्पादन) र २४ सेभेन फूड सर्भिसमा एक्साइटिङ अफरहरु उपलब्ध हुनेछन् । जसमा२४ सेभेन फूड सर्भिस भने जनवरी २५ देखि मात्र सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.