ग्लोबल आइएमई बैंकको दुई नयाँ एक्सटेन्सन काउण्टर इटहरी र नवलपरासीमा

  २०७६ माघ ३ गते १५:१८     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले यस साता २ नयाँ एक्सटेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ । बैंकले मंगलबारदेखि इटहरीको खनार र शुक्रबारदेखि नवलपरासीको सरावलमा एक्सटेन्सन काउण्टर सुरु गरेको छ ।

सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरी दुवै एक्सटेन्सन काउण्टरहरू सुरु गरेको हो ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले २ सय ६६ शाखा, २ सय ५५ एटिएम, ३६ एक्सटेन्सन काउण्टर राजश्व संकलन काउण्टर र २ सय ४९ शाखा रहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत सेवा दिँदै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.