सांग्रिला डेभलपमेन्ट बैंकले शेयरधनीको खातामा पठाउन थाल्याे नगद लाभांश

  २०७६ माघ ३ गते १४:२३     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नगद लाभांश शेयरधनीहरूको बैंक खातामा जम्मा गर्न शुरू गरेकाे छ । बैंकले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा पुस २९ गतेदेखि नगद लाभांश जम्मा गर्न थालेको हो ।

बैंकले पुस २९ गते सम्पन्न १५ औँ वार्षिक साधारण सभाले पारित गरेको ८.९५९३ प्रतिशत नगद लाभांश कर सहित शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बैंकले २०७६ पुस १५ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गरेको थियो । यस अनुसार २०७६ पुस १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुलाई लाभांश वितरण गरिएको छ ।

साथै, हालसम्म लाभांश प्राप्त नगर्ने शेयरधनीहरुलाई आफ्नो शेयर अभौतिकिकरण गराउन तथा आफ्नो हितग्राही खातामा बैंक खाता नं. अध्यावधिक गराउन विकास बैंकले जानकारी गराएकाे छ । बैंकको शेयर रजिष्ट्रार एनआईबिल क्यापिटल लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.