गोर्खा चाइनिज ईटामा उपभोक्ताको आकर्षण बढ्दाे, यस्ता छन् विशेषता

  २०७६ माघ ३ गते १३:१७     विकासन्युज

काठमाडौं । उत्पादनको छोटो समयमै गोर्खा चाइनिज इटाले उपभोक्ताको मन जित्न सफल भएको छ । काभ्रेको बासडोलमा कारखाना राखी उत्पादन सुरु गरेको इटाप्रति उपभोक्ताको आकर्षण देखिएको छ ।

एकजना उपभोक्ता प्रविण सुवेदीले आफूले काठमाडौंमा आफनो घर बनाउन यो इटाको छनौट गरेको सुनाए । हरेक दृष्टिकोणले उपयुक्त लागेको आफूले यो इटा छनौट गरेको उनको भनाई छ । ‘इटा राम्रो पाएँं, इटा प्रयोग गर्नको कारण खुलाउँंदै उनले भने, साथसाथै डेलिभरि पनि राम्रो ।’

आकर्षक अनि फेस ब्रिकको रूपमा प्रयोग गर्न सकिने, बलियो (१४ एमपीए बढी कम्प्रेसीभ स्ट्रेंथ भएको), साइजमा ठूलो (९.५×४.५×२.२५ ईन्च), कम मात्रै पानी सोस्ने (२४ घण्टा पानीमा डुबाउदा २० प्रतिशत भन्दा कम मात्र पानी सोस्ने), सबै ईटा एकैनासले पाकेको, चारवटै सर्फेस चिटिक्क मिलेको, गारो लगाउँदा ३० प्रतिशत जति सिमेन्ट मोर्टार बच्ने, प्लास्टर गर्दा ३० प्रतिशत जति सिमेन्ट मोर्टार बच्ने आदि यसका विशेषताहरु हुन् ।

कम्पनीका अनुसार यो इटालाई पकाउँंदा काँंचो इटालाई घाममा नसुकाई ड्राइंग टनेल (इट्टा सुकाउने सुरुङ्ग) मा पठाई इटालाई सुकाइन्छ । यसपछि फायरिंग टनेल (इट्टा पोल्ने सुरुङ्ग भट्टी) मा नौ सय देखि हजार डिग्री सेल्सियससम्मको तापक्रममा राखेर इटा पोल्ने गरिन्छ । यसका लागि तापक्रम नाप्न तापक्रम मापन यन्त्र (थर्मोमिटर) पनि जडान गरिएको छ । थर्मोमिटरमा तापक्रम हेरी आवश्यकता अनुसार कोइला थपी इटा पोल्ने गरिन्छ । यसले गर्दा इटा एकनासले पाकेर निस्किन्छ । फायर्रिग टनेलमा भएको तातो हावालाई ड्राइंग टनेलमा लगी काँंचो इटा सुकाउने गरिन्छ ।

कम्पनीका अनुसार यो इटा उत्पादनको कुनै पनि प्रक्रियाको दौरानमा धुलो नउडने र न्युन मात्रामा मात्रै धूवाँ निस्कने सुरुङ भट्टी (टनेल क्लिन) प्रविधिबाट काम हुन्छ । यो प्रविधिबाट इटा उत्पादन गर्दा मलिलो माटो नै चाहिन्छ भन्ने छैन । जस्तोसुकै माटो अनि नरम ढुंगाबाट पनि काँंचा इटा बनाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.