२ महिनापछि स्वास्थ्य सचिव डा. पुष्पा चौधरीको राजिनामा स्वीकृत

  २०७६ माघ ३ गते १३:०४     विकासन्युज

काठमाडौं । २ महिनापछि स्वास्थ्य सचिव डा. पुष्पा चौधरीको राजिनामा स्वीकृत भएकाे छ । गत सोमबार बसेको मन्त्रीपरिष्द बैठकमा चौधरीको राजिनामा स्वीकृत भएकाे हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले स्वास्थ्य सचिव डा. पुष्पा चौधरीको राजिनामा माघ २७ गते स्वीकृत भएको जानकारी दिए ।

विश्व स्वास्थ्य संगठन्को कन्ट्री म्यानेजरको रुपमा भारतको लागि पाँचौं तहमा जागिर सुनिश्चत भएपछि चौधरीले स्वास्थ्य सचिव पदबाट गत कात्तिक १४ गते राजिनामा दिएकी हुन् । तर उनको राजिनामा भने स्वीकृत भएको थिएन ।

यद्यापी राजिनामा स्वकृत नभएपनि चौधरी गत कात्तिक १७ गर्त देखि नै ड्ब्लुयचमा हाजिर भईसकेकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.