भुकम्प सुरक्षा दिवसमा गोर्खा चाइनिज इँटा सहभागी

  २०७६ माघ ३ गते १२:४९     विकासन्युज

काठमाडौं । राजधानीमा बिहीबारदेखि शुरु भएको २२ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवसमा गोर्खा चाइनिज इँटा उत्पादन गर्ने कम्पनी गोर्खा इको रेड व्रिक प्रालिले पनि सहभागिता जनाएको छ ।

गुणस्तरीय निर्माणमा जोड दिंदै कम्पनी पनि सहयोगीको रुपमा सहभागी भएको कम्पनीले जनाएको छ । कार्यक्रमको उद्घाटन गर्दै गृहमन्त्री रामबहादुर थापाले सुरक्षित पूर्वाधार निर्माणका लागि नागरिकलाई सचेत बनाउन सकेको अवस्थामा दिगो सुख र समृद्धिको आधार निर्माण गर्न सकिने बताए ।

’सुरक्षित पूर्वाधारमा पहिलो कुरा नागरिक सचेतना हो । नागरिकहरुलाई सचेत बनाउने सकेको अवस्थामा त्यसले दिगो सुख र समृद्धिको आधार निर्माण गर्छ’, थापाले भने ।

सरकारले पुस १५ गतेदेखि माघ १५ गतेसम्म विभिन्न कार्यक्रम गरी भूकम्प सम्बन्धि जनचेतना जगाउँदै छ । गृहमन्त्रालयले सातवटै प्रदेश, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७ सय ५३ वटै स्थानीय तहलाई निर्देशन दिएको छ । भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.