रेबान बन्दिपुर फेष्ट २०२० आयोजना हुँदै

  २०७६ माघ ३ गते १२:०७     विकासन्युज

काठमाडाैं । रेष्टुरेण्ट एण्ड बार एसोसिएसन नेपाल (रेबान)ले रेबान बन्दिपुर फेष्ट २०२० आयोजना गर्ने भएको छ । रेबानले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै माघ १७ र १८ गते कार्यक्रममको आयोजना गर्ने बताएको हो ।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्ने उद्देश्य कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले बताएको छ ।  भ्रमण वर्षमा रेबान पोखरा र सौराहसँगै केन्द्रिय रेबानले पनि रेष्टुरेण्ट व्यवसायको सेवामा अभिवृद्धि गरी खाना प्रवर्द्धन कार्यक्रमहरु आयोजना रहेको जनाइएको छ ।

यस कार्यक्रममा मूख्य प्रायेजक गोर्खा ब्रुअरी, प्रायोजकहरुमा जाउलाखेल ग्रुप अफ कम्पनी, नेपाल डिस्टीलरी फाइल भइसकेको आयोजकले बताएको छ ।  संस्कृतिको विरासत रहेको बन्दिपुरमा आन्तरिक पर्यटन प्रवद्र्धनमा यस कार्यक्रमले सहयोग पुर्याउने विश्वास लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.