पहिलो भोईस अफ नेपाल सिडि विजय अधिकारीको ‘मोहनी’ शुक्रबार सार्वजनिक हुँदै

  २०७६ माघ ३ गते ११:३६     विकासन्युज

काठमाडौं । पहिलो भोइस अफ नेपाल विजेता सिडि विजय अधिकारीको मोहनी गीत शुक्रबार ३ बजे सार्वजनिक हुने भएको छ ।

सबैले मन पराएका गायक अधिकारीको मोहनी गीत एभरेष्ट ग्यालरी मार्फत दिउँसो ३ बजे सार्वजनिक हुँदै छ । गीतकार नारद आचार्य सुदामाको उत्कृष्ट शब्द रचनामा प्रसिद्ध संगितकार राजकुमार बगर संगित रहेको उक्त गीतको भिडियो निर्माण एभरेष्ट ग्यालरी टिमले गरेको छ ।

मुस्ताङका विविध स्थानहरुमा छायांकन गरिएको उक्त भिडियोमा सनम कठायत र ऋचा थापालाई आकर्षक प्रेममुन्द्रामा हेर्न सकिन्छ ।

अन्जन शर्माको निर्देशन , मुकेश हुमागाईको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको उक्त भिडियो सार्वजनिक पूर्वनै चर्चामा छ । निर्माण समूह दर्शक स्रोताको माया पाउने कुरामा ढुक्क छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.