अब कहिल्यै आउने छैनन् होण्डाका यी दुई मोडेल, अपडेट गर्दा महँगो पर्ने निष्कर्ष

  २०७६ माघ २ गते १९:३४     विकासन्युज

काठमाडाैं । होण्डा टू-व्हिलर्स इण्डियाले आउँदो अप्रिल महिना बाट आफ्ना दुई प्रोडक्ट ‘न्याभी’ र ‘क्लिक’ को उत्पादन बन्द गर्ने घोषणा गरेको छ । न्याभी एउटा मिनी बाइक हो भने क्लिक चाहिँ अफरोडिङ्ग स्कुटर हो र यी दुवैको इञ्जिन क्षमता ११० सीसीको रहेको छ ।

भारत सरकारले आउँदो अप्रिल महिना बाट देशभर गुड्ने सम्पूर्ण वाहनमा बीएस६ मापदण्ड अनुरुपको इञ्जिन हुनु अनिवार्य गरेको छ । बीएस६ एउटा त्यस्तो प्रदुषण मापदण्ड हो जसले इञ्जिन बाट उत्पादन हुने प्रदुषणलाई धेरै हदसम्म कम गर्दै वातावरणलाई दुषित हुन दिँदैन । सोही मापदण्डको नियमलाई मध्यनजर गर्दै धेरै मोटरसाइकल कम्पनीहरुले बीएस६ इञ्जिन समावेश गर्दै आफ्ना उत्पादनहरुलाई धमाधम अपडेट गर्न थालेका छन् ।

कम्पनीले राम्रो व्यापार गर्न सफल उत्पादनहरुमा बीएस६ इञ्जिन समावेश गरिरहेका छन् भने खासै राम्रो व्यापार गर्न नसकेका उत्पादनहरुलाई डिस्कन्टिन्यू गर्नुमा नै भलाई देख्ने गरेको पाइएको छ ।

होण्डाले पनि आफ्ना दुई उत्पादन न्याभी र क्लिकलाई बीएस६ मापदण्ड अनुरुप अपडेट गर्दा धेरै लागत पर्ने भएको हुनाले कुनैपनि प्रकारको अपडेट गर्नुको सट्टा बरु डिस्कन्टिन्यू नै गर्ने निर्णय लिएको हो ।

नेपालको परिप्रेक्ष्यमा भन्नुपर्दा होण्डा न्याभीले यहाँ खासै चर्चा कमाउन सकेको थिएन । फलस्वरुप होण्डा टू व्हिलर्सको नेपालका लागि आधिकारीक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि.ले यसको विक्रीवितरण केहि महिना अघि बाटनै बन्द गरिसकेको छ । क्लिक भने नेपाली बजारमा उपलब्ध थिएन । नेपालमा उपलब्ध भएका वेला न्याभीको मूल्य १ लाख ५४ हजार ९ सय रुपैयाँ तोकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.