एनसीएचएलले संचालनमा ल्याएकाे कनेक्ट आइपिएसको काराेबार बढ्याे, प्रतिमहिना १० अर्ब

  २०७६ माघ २ गते १८:५०     विकासन्युज

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले संचालन गर्दै आएको कनेक्ट आइपिएस ई–पेमेन्ट प्रणाली मार्फत १२ अर्ब ५ करोड रुपैयाँभन्दा बढी पुगेको छ । उक्त प्रणाली मार्फत पुस महिनामा मात्रै सो मात्राको कारोबार भएको हो । जुन हालसम्मकै सबैभन्दा बढी कारोबार हो ।

यस आर्थिक वर्षको पौष मसान्तसम्म कनेक्ट आइपिएस ई-पेमेन्ट प्रणाली मार्फत ६ लाख ५० हजार १४२ संख्यामा कारोबार भएको छ । जुन सेटलमेन्ट रकममा ४२ अर्ब ४८ करोड रुपैयाँ हो ।

कारोबारमा भईरहेको वृद्धिले नेपालमा बैंक खातामा आधारित रियल-टाइम रिटेल भुक्तानी प्रणालीको स्वीकारयता बढेको बुझिएको छ । कनेक्ट आइपिएस ई-पेमेन्ट प्रणाली अनलाइन भुक्तानीको एकिकृत प्ल्याटफर्म हो, जसमा अनलाइन फण्ड ट्रान्सफर, पेमेन्ट प्रोसेसर (गेटवे), क्रेडिट कार्ड/बिल भुक्तानी लगायतका सुविधा उपलब्ध रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.