नेपाल इन्फ्रास्ट्रक्चर बैंकको बिक्री प्रबन्धकमा एनआईबिएल एस, ८ अर्बको आईपीओ जारी गर्दै

  २०७६ माघ २ गते १७:१८     विकासन्युज

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले साधारण सेयर(आईपीओ) निष्काशन गर्न धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ ।

उक्त नियुक्ति सम्बन्धि सम्झौता-पत्रमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको तर्फबाट नायव महाप्रबन्धक बिनयनाथ न्यौपाने र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरेका हुन् । यससँगै क्यापिटलमार्फत बैंकको ८ अर्ब रुपैयाँ बराबरको एक सय अंकित दरको ८ करोड कित्ता सेयर सर्वसाधारणहरुमा निष्काशन हुने छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक नेपालकै पहिलो पूर्वाधार विकास बैंक हो भने बैंकले गर्न लागेको यो सार्वजनिक निष्काशन हालसम्मकै ठूलो सार्वजनिक निष्काशन हुने बैंकले जनाएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको अधिकृत पुँजी ४० अर्ब रुपैयाँ, जारी पूँजी २० अर्ब र चुक्ता पुँजी १२ अर्ब रुपैयाँ रहेको छ ।

८ अर्बकाे आईपीओ निष्काशन गरी बाँडफाँड गरे पछि बैंकको चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुग्ने कम्पनीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.