भारतसगँ थप २ बन्दरगाह प्रयोग गर्न सुरु गर्यो मन्त्रालयले काम, समकक्षीबाट उद्घाटन हुने

  २०७६ माघ २ गते १७:२०     राजाराम न्यौपाने

काठमाडौं । नेपालले भारतसँग मुन्द्रा र धाम्रा सामुन्द्रिक बन्दरगाह प्रयोगको माग गरेको छ । यी दुबै बन्दरगाह प्रयोगका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले काम सुरु गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, भन्सार विभाग, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रलगायत सरोकारवाला निकायलाई राय सुझावका लागि पत्र पठाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय उपसचिव श्रीनाथ गौतमले मुन्द्रा र धाम्रा सामुन्द्रिक बन्दरगाह प्रयोग गर्दा के कस्तो प्रभाव पर्छ भनेर सबन्धित मन्त्रालय र विभागहरुलाई राय सुझावका लागि पत्र पठाइएको जानकारी दिए ।

‘विभिन्न मन्त्रालय र विभागहरुले जवाफ पठाएपछि त्यसमाथि छलफल गरेर नेपाल र भारतका समकक्षीले उद्घाटन हुन्छ, तेस्रो मुलुुकबाट आउने समान आयात र निर्यातका लागि थप २ नाकाले सरल र सहज हुने छ,’ गौतमले भने ।

नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन बैठकमा नेपालले भारतसमक्ष मुन्द्रा र धाम्रा बन्दरगाह प्रयोग गर्न दिन माग गरेको थियो । नेपालको मागमा भारत सहमत भएपछि मन्त्रालयले काम अगाडी बढाएको हो । मुन्द्रा गुजरातको बन्दरगाह हो भने धाम्रा उडिसा राज्यको सामुन्द्रिक बन्दरगाह हो ।

अहिले नेपालले पश्चिम बंगालको कलकत्ता बन्दरगाह, पश्चिम बंगालकै हल्दिया बन्दरगाह र आन्द्र प्रदेशको विशाखापटनम बन्दरगाह प्रयोग गर्न पाउने सम्झौता भएको छ । तर, अहिलेसम्म पनि कोलकत्ता बन्दरगाह नै मूलतः प्रयोग हुँदै आएको छ । तर यी दुई बन्दरगाह प्रयोगमा आएपछि महेन्द्रनगर नाका र विराटनगर नाकाबाट आयात निर्यातको अवस्था थप सहज हुने मन्त्रालयको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.