दुर्गा प्रसाईलाई पक्राउ गर्न अदालतको आदेश, प्रहरी भन्छ: उनी फरार छन्

  २०७६ माघ २ गते १३:१८     विकासन्युज

काठमाडौं । बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न अदालतले पक्राउ पुर्जी गरेके जारी गरेको छ । जिल्ला अदालत भक्तपुरले उनलाई पक्राउ गर्न अनुमति दिएको हाे ।

अदालतले पक्राउ अनुमति दिएलगत्तै प्रहरी भक्तपुरस्थित प्रसाईंको घरमा पुगेको भए पनि उनी घरमा नभएकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार प्रसाईं फरार रहेका छन् ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले २० करोड घुस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध मानहानीको मुद्दा हालेका थिए ।

पुस २३ मा पत्रकार सम्मेलन गरेर प्रसाईले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन गिरीले माफूसँग २० करोड घुस मागेको आरोप लगाएका थिए । लगत्तै गिरीले पनि पत्रकार सम्मेलन गरेर आरोप झूटो भएको भन्दै त्यसविरुद्ध कानुनी उपचार खोज्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.