टोयोटाले सानो साइजको एसयूभी ल्याउँदै, हाइब्रिड इञ्जिन समावेश गरिने

  २०७६ माघ १ गते १९:४५     विकासन्युज

काठमाडाैं । टोयोटाले सानो साइजको एसयूभी उत्पादन गर्ने भएको छ । अन्तर्राष्ट्रिय बजारमा बिक्री वितरण भइरहेको ‘टोयोटा यारिस’ को पछिल्लो जेनेरेशनमा आधारित हुने सो एसयूभीलाई आन्तरिक रुपमा टोयोटा बी-एसयूभी भनेर नामाकरण गरिएको छ । यसको आधिकारीक नाम भने कम्पनीले केहि पछि मात्र सार्वजनिक गर्नेछ ।

बजारमा हाल टोयोटाका र्याभ४, ल्याण्ड क्रुजर, फोर्चुनर, हाइल्याण्डर लगायतका एसयूभीहरु उपलब्ध छन् जसलाई ठुलो साइजका एसयूभीका रुपमा लिइन्छ । आजको बजारलाई हेर्ने हो भने सानो साइजको एसयूभी एकदमै लोकप्रिय हुँदै गएको पाइन्छ । सोही कुरालाई मध्यनजर गरेर कम्पिटेटिभ मार्केटमा आफ्नो हिस्सा जोगाइराख्न टोयोटाले नयाँ सेग्मेन्टतर्फ पनि आफ्नो उपस्थिती जनाउन खोजेको हुनुपर्छ ।

टोयोटा बी-एसयूभीमा पनि यारिसमा भएकै इञ्जिन समावेश हुनेछ । यसको मतलव हो सो कार १.०-लिटर पेट्रोल इञ्जिन र १.५-लिटर पेट्रोल इञ्जिन अप्शनमा उपलब्ध हुनेछ । टोयोटाले जनाएअनुसार सो कार हाइब्रिड सेटअपमा समेत उपलब्ध हुनेछ । हाइब्रिड कारमा पेट्रोल अथवा डिजेल इञ्जिनसँगै इलेक्ट्रिक मोटर पनि समावेश भएको हुन्छ र उक्त दुइले संयूक्त रुपमा पावर उत्पन्न गर्दछन् । यसले गर्दा इन्धनको खपत कम हुन जान्छ र साथै प्रदुषण पनि कम उत्पन्न हुन्छ ।

उत्पादन पश्चात् सुरुवाती चरणमा यस कारलाई युरोपेली बजारमा मात्र उपलब्ध गराइने योजना कम्पनीको रहेको छ । केहि पछि भने यसलाई एशियाली बजारमा पनि भित्र्याइने छ ।

जापनिज अटोमोवाइल उत्पादक कम्पनी टोयोटा विश्वसनीय र टिकाउ गाडि उत्पादन गर्ने ब्राण्डको रुपमा प्रख्यात रहेको छ । यो ब्राण्ड आफ्नो आयका अनुसार सन् २०१९ डिसेम्वरको अन्त्यसम्म विश्वको दशौं ठुलो कम्पनीको रुपमा रहन सफल पनि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.