स्वस्तिक लघुवित्तको संचालकमा ४ जना निवार्चित, अध्यक्षमा सत्य नारायण झा

  २०७६ माघ १ गते १९:४०     विकासन्युज

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा ४ जना निर्विरोध निर्वाचित भएका छन् । पुस २९ गते सम्पन्न संस्थाको पहिलो साधारणसभाले संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व हुने गरी ४ जनालाई सञ्चालक पदमा निर्वाचित गरेको हो ।

निर्वाचन अधिकृत नारायण वस्तीका अनुसार उक्त पदमा सत्य नारायण झा, डा. प्रमोद कुमार झा, सुधांशु शेखर झा र रवि सेन शाह निर्वाचित भएका हुन् । साथै, सोहीदिन बसेको संचालक समितिको बैठकले संचालक सत्य नारायण झालाई अध्यक्ष चयन गरेको छ ।

सभामा संस्थाका अध्यक्ष झाले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् । त्यस्तै, सभाले आ.व. २०७५/०७६ को अध्यक्षको वार्षिक प्रतिवेदन, लेखा परिक्षकको वार्षिक प्रतिवेदन सहितको आ.व. २०७५/०७६को सम्पुर्ण वित्तीय विवरणहरु माथि छलफल, लेखा परिक्षक नियुक्ति तथा पारिश्रमिक तोक्ने, सम्वन्धि सामान्य प्रस्ताव पास गरेको छ ।

साथै, सभाले भविष्यमा अन्य कुनै लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति/समाहित हुने प्रयोजनका लागि सम्पुर्ण आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.