नबिल बैंकले खाेल्याे २३ वटा नयाँ शाखा, कुन प्रदेशमा कति वटा ?

  २०७६ माघ १ गते १८:५४     विकासन्युज

काठमाडौं । नबिल बैंकले नेपालको विभिन्न २३ स्थानमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्दै जाने उद्देश्यले नेपालको विभिन्न ५ वटा प्रदेशमा उक्त संख्यामा शाखा खोली सञ्जाल बढाएको हो ।

बैंकले नेपालको प्रदेश १, प्रदेश २, प्रदेश ३, प्रदेश ४ र प्रदेश ५ मा गरी पाँच वटा प्रदेशको विभिन्न स्थानमा शाखा विस्तार गरी शाखा सञ्चाल बढाएको छ । सो मध्ये प्रदेश १ मा इनरुवा, बिराटचोक, दुहवी, हिले, उर्लाबारी र गाईघाटमा गरी ६ स्थानमा नयाँ शाखा विस्तार गरेको छ ।

त्यस्तै, प्रदेश २मा तीन वटा शाखा विस्तार गरेको छ । बैंकले उक्त प्रदेशको र्मिचैया, गोलबजार, शिराहा र चन्द्रपुरमा नयाँ शाखा खोलेको हो । त्यसैगरी, प्रदेश ३मा कमलबिनायक, हात्तिगौडा, कपन, गजुरी, बनेपा, पनौती र पर्सा तथा प्रदेश ४मा गौडाकोट, दलदले र कावसोतीमा शाखा विस्तार गरको छ ।

साथै, बैंकले प्रदेश ५को चन्द्रौटा, बर्दाघाट र मणिग्राममा थप शाखा खोलेको छ । यससँगै बैंकको १०२ शाखा, १४३ एटीएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.