मोटरहेड मोटरसाइकलको शोरुम पोखरामा, बाइक खरिदमा एक वर्षको रोड ट्याक्स फ्री(फोटो फिचर)

  २०७६ माघ १ गते १७:४७     विकासन्युज

काठमाडौं । मोटरहेड मोटरसाईकलको आधिकारीक बिक्रेता एस.एल.आर. टेक्नो एण्ड ट्रेडको डिलरसिप, मल्टि स्टार मोटर प्रा.लिले आफ्नो नयाँ शोरुम पोखराको प्रस्यङ्गमा खोलेको छ । उक्त शोरुमको उद्घाटन प्रमुख अतिथी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष संजीव बहादुर कोइरालाले गरेका हुन् ।

उक्त उद्घाटनको अफर स्वरुप मोटरहेडका प्रत्येक बाईकको खरीदमा एक वर्षको रोड ट्याक्ससहित हेलमेट, टिसर्ट, तेस्रो पक्ष बीमा तथा ८ पटक सम्म फ्री सर्भिस पाइनेछ । साथमा स्योर सट १० हजार रुपैयाँ नगद छुट दिइने कुरा मल्टि स्टार मोटर्स प्रा.लि.का निर्देशक हिमाल गुरुङ्गले जानकारी दिएका छन् ।

यस शोरुममा हाल ६ थरी मोडेलका मोटरसाइकलहरु उपलब्ध रहेका छन् । जसमा टेक्कन २५०, स्पोर्ट २५०, स्क्रयाम्बलर २५०, एक्सटर्क २५०, एम एच २०० एक्स, एमएच १५० आर रहेका छन् । यसको मूल्य २ लाख ७८ हजार रुपैयाँदेखि ४ लाख ५० हजार रुपैयाँसम्म तोकिएको कम्पनीले जनाएको छ ।

 

नेपालका प्रमुख शहरहरुमा उपलब्ध हुने यी मोडेलका मोटरसाइकल नेपालका लागि मोटरहेड मोटरसाइकलको आधिकारीक बिक्रेता एस एल आर टेक्नो एण्ड ट्रेडले उपलब्ध गराएको छ । यस कम्पनीबाट उपलब्ध गरिएका बाइकहरु नेपाली भौगोलिक बनावटलाई लक्ष्य गरी बजारमा ल्याएको एस.एल.आर. टेक्नो एण्ड ट्रेडका बिजनेश डेभलप्मेन्ट हेड साइमन रसाइलीले जानकारी दिए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.