“मोडल सङ्गस अवार्ड २०२०” भारतको नयाँ दिल्लीमा हुँदै

  २०७६ माघ १ गते १३:१७     विकासन्युज

काठमाडौं । मोडल सङ्गस नेपालले “मोडल सङ्गस अवार्ड, २०२०” आयोजना गर्ने भएको छ । ग्लोरी मिडिया, पेजेन्ट नेपाल र दक्ष ईन्टरनेशनल एसोसिएट्स पार्टनर रहेको उक्त अवार्ड शो को दोश्रो संस्करण भारतको नयाँ दिल्लीमा अप्रिल १२ मा हुन लागेको हो ।

मोडल सङ्ग्स अवार्ड, २०२० बारे जानकारी गराउने उद्देश्यका साथ बुधबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रम माझ बोल्दै अवार्डमा संगित, चलचित्र, फेशन, मोडल, ईभेन्ट अन्तर्गत विभिन्न विधामा भोटिगंका आधारमा सर्जक, कलाकार, प्राविधिक एवम् व्यवस्थापकलाई पुरस्कृत गरिने आयोजक संस्थाका सिईओ डेविल सिंह राजपुतले बनाए ।

साथै, उनले अवार्डमा मनोनयनका लागि माघ २ गते देखि आवेदन फाराम खुल्ला रहने जानकारी दिए । आवेदन फाराम फेब्रुअरी २९ भित्र भरिसक्नु पर्ने साथै अवार्डको नोमिनेशन मार्च ७ मा सार्वजनिक भई मार्च २१ मा नोमिनेशन सर्टिफिकेट प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।

अन्तर्राष्ट्रिय स्तरमा नेपाली कला,संस्कृतिको प्रचार प्रसार तथा प्रवद्र्धन गर्ने हेतुले भारतको राजधानी नयाँ दिल्लीमा अवार्ड कार्यक्रम आयोजना गर्न लागिएकोले यसको महत्व अझ बढ्ने आशा आयोजक संस्थाले लिएको छ । उक्त कार्यक्रमको लागि नेपालबाट आयोजक टोलीसंगै ख्याति प्राप्त कलाकार, लब्ध प्रतिष्ठित व्यक्तिक्त एवं संचारकर्मी त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

मनोरन्जन र सिर्जनशीलताको क्षेत्रमा लागिपर्दै आउने क्रममा विभिन्न व्यक्तित्वहरुले समाजमा पुर्याउदै आएको योगदानको कदर गर्दै मोडल सङ्गस नेपालले उनीहरुलाई प्रोत्साहनका साथै हौसला प्रदान गर्न अवार्ड कार्यक्रम आयोजना गर्न लागेकोले हो । अवार्डलाई मर्यादित र आकर्षित तुल्याउन एक्यबद्ध हुँदै यस संस्करणमा हाम्रो साथ रहन्छु अवार्ड कार्यक्रमका एशोसियट पार्टनर ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाले बताए ।

त्यसैगरी, पेजेन्ट नेपाल र दक्ष ईन्टरनेशनलका तर्फबाट क्रमशः राज लुइँटेल र टेक राज पाण्डेले बोल्दै ईभेण्टलाई व्यवस्थित बनाउन लागि पर्ने प्रतिबद्धता जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.