नेपाल राष्ट्र बैंक र दुई विकास बैंकबीच आरटिजिएस सम्बन्धी सम्झौता

  २०७६ माघ १ गते १२:३५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंक , मुक्तिनाथ विकास बैंक तथा देवः विकास बैंक लिमिटेडबीच आरटिजिए प्रणाली सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पत्रमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बम बहादुर मिश्र, मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र देवः विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १ सय ३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.