गण्डकी विकास बैंकको सभाले पारित गर्यो १७.३२ प्रतिशत लाभांश

  २०७६ पुष २९ गते २०:०३     विकासन्युज

काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडको १२ औं वार्षिक साभारण सभाले प्रस्तावित १७.३२ प्रतिशत लाभांश पारित गरेको छ । बैंकका अध्यक्ष सुशिल गौचनको अध्यक्षतामा पोखरामा सम्पन्न उक्त सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

सभाले पारित गरेसँगै विकास बैंकले शेयरधनीलाई चुक्ता पुँजीको १७.३२ प्रतिशत अर्थात ४७ करोड ६३ लाख रुपैयाँ कर समेतको नगद लाभांश वितरण गर्ने छ ।

यस विकास बैंकको कुल चुक्ता पूँजी २ अर्ब ७५ करोड रहेको छ भने २०७६ मंसिर मसान्त सम्ममा कुल निक्षेप ३२ अर्ब ९७ करोड संकलन गरी २६ अर्ब ८६ करोड रुपैयाँ कर्जा प्रवाह गर्न सफल भएको संस्थाले जानकारी दिएको छ । हाल बैंकले मुलुकभरका ९२ शाखा सञ्जाल तथा २७ वटा एटीएमबाट सेवा प्रदान गर्दै आएकोछ । निकट भविश्यमा बैंकले विभिन्न स्थानमा गरी थप ३ बटा शाखाहरु सञ्चालनमा ल्याउने तयारी गरिरहेकोले कूल शाखा संख्या ९५ पुग्नेछ ।

यस बैंकलाई मेगा बैंक नेपाल लिमिटेडले प्राप्ति गर्ने सम्बन्धमा दुवै संस्थाहरुको बीचमा समझदारी पत्रमा हस्ताक्षर भै प्राप्ती सम्बन्धी प्रक्रिया अघि बढेको छ । मेगा बैंक नेपालले यस बैंकलाई प्राप्ती गरे पश्चात बन्ने एकिकृत बैंक अझ सवल, सक्षम र अग्रणी बैंक बन्न सफल हुनुका साथै यसका लगानीकर्ताहरुको लगानीको सम्वर्धन, संरक्षण र उच्च प्रतिफल दिन सफल हुने संस्थाकाे विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.