नेपाल एग्रो लघुवित्तद्धारा दुई दिने कर्मचारीको तालिम सम्पन्न

  २०७६ पुष २९ गते १९:३६     विकासन्युज

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले २ दिने कर्मचारी तालिम सम्पन्न गरेको छ । संस्थाले फिल्ड कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि पुस २७ र २८ गते पोखरामा उक्त कार्यक्रम सञ्चालन गरी सम्पन्न गरेको हो ।

तालिममा संस्थाका अध्यक्ष रमेश कुमार कर्माचार्यले कर्जा प्रवाह गर्दा समूह सदस्यहरुलाई दोहोरोपना नहुने गरी, उनीहरुको व्यवसाय र क्षमता अनुसार मात्रै कर्जा प्रवाह गर्नुपर्ने, कर्जाको सदुपयोग राम्ररी जाच गरी उनीहरुलाई सफल र उदाहरणीय कृषक बन्न प्रेरित गर्नुपर्ने, कृषकहरुलाई तालिम दिइने बताएका छन् ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्सालबाट शाखाहरुले कार्यान्वयन गर्नुपर्ने नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनको वारेमा र वचत कर्ता तथा ऋणीहरुको हितलाई ध्यनमा राखेर कार्य गर्नुपर्ने बताए ।

पछिल्लो समयमा अधिककर्जाको भारबाट सदस्यहरुलाई बचाउनुपर्ने अवस्था आएकोले नेपाल राष्ट्र बैंकको एकल कर्जा सिमा भन्दा बढि कर्जा प्रवाहन गर्न र नेपाल एग्रोले आक्रमक होइन रक्षात्मक रणनीति लिनुपर्ने पनि प्रमुख कार्यकारी अधिकृत लम्सालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.