सहकार्यसँग मर्ज हुन लागेकाे उन्नतिको ३८ प्रतिशत बोनस पारित, चुक्ता पुँजी १५ करोड पुग्ने

  २०७६ पुष २९ गते १९:११     विकासन्युज

काठमाडौं । उन्नति लघुवित्त वित्तीय संस्था लिमिटेडको ३८.६० प्रतिशत बोनस शेयर पारित भएको छ । संस्थाको पाँचौं बार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

यससँगै, ८ करोड ८२ लाख रुपैयाँ रहेको संस्थाको चुक्ता पुँजी १२ करोड २३ लाख रुपैयाँ पुगेको छ । साथै, सभामा सहकार्य लघुवित्त वित्तीय संस्थासँग मर्जर सम्बन्धि छलफल भएको छ । यी दुई संस्था मर्ज पश्चात शेयर आदानप्रदान अनुपात सहकार्य लघुवित्त वित्तीय संस्थाको १०० कित्ता सेयरलाई ७५ कित्ता प्रदान गर्ने सभाले जनाएको छ । त्यसपश्चात संस्थाको चुक्ता पुँजी १४ करोड ९५ लाख रुपैयाँ कायम हुने संस्थाले जनाएको छ ।

साथै, दुबै वित्तीय संस्था गाभिएपछि कायम चुक्ता पुँजीको १ः१ अनुपात हकप्रद सेयर जारी गर्ने प्रस्तावलाई सभाले पारित गरेको छ । उक्त हकप्रद शेयर पश्चात संस्थाको चुक्ता पुँजी २९ करोड ९० लाख रुपैयाँ पुग्ने छ । त्यसैगरी, मर्ज पश्चात संस्थाको सेयर स्वामित्व अनुपात ७५.४५ प्रतिशत (संस्थापक) र २४.५५ प्रतिशत (सर्वसाधारण) रहने सभाले जानकारी दिएको छ ।

हाल ३९ वटा शाखा कार्यालयहरुबाट सेवा प्रवाह गरेको संस्थाको मर्ज पश्चात बन्ने उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको चुक्ता पुँजी १४ करोड ९५ लाख रुपैयाँ पुग्ने छ । साथै, कर्जा लगानी दुई अर्ब रुपैयाँ भन्दा बढी र निक्षेप संकलन ७५ करोड रुपैयाँ पुग्ने संस्थाले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.