चेम्बरका पदाधिकारीले भेटे राष्ट्रपतिलाई, एकिकृत कर प्रणाली लागू गर्न माग

  २०७६ पुष २९ गते १८:३९     विकासन्युज

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको ६९ औ वार्षिक साधारण सभा, चेम्बर दिवस २०७६ तथा ७० वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रममा चेम्बरका पदाधिकारीहरुले राष्ट्रपति बिद्यादेवी भण्डारीसँग भेटघाट गरेका छन् । भेटघाटमा चेम्बरका पदाधिकारीहरुले व्यवसाय संचालन खर्च बढी रहेको बारे व्यक्त गर्दै संघीय प्रणाली पश्चात करको दरमा एक रुपता नभएकोले एकिकृत कर प्रणाली लागू गरिनु पर्नेमा जोड दिएका छन् ।

सहभागी हुन विभिन्न जिल्ला तथा नगरबाट आएका जिल्ला तथा नगर चेम्बरका सभापति तथा पदाधिकारीहरु तथा नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुबाट मंगलबार राष्ट्रपति भण्डारीसँग भेटघाट गरेका हुन्।

भेटघाटमा नेपालको व्यवसायीक क्षेत्रका विविध पक्षहरु वारे नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले प्रस्तुत गरे । चेम्बरले ७० वर्षको अवधिमा निजी क्षेत्रको सशक्तिकरणको लागि चेम्वरले निर्वाह गरेको भूमिका बारे चर्चा गर्दै चेम्बरको संरचना तथा अन्तर्राष्ट्रिय व्यावसायीक सम्वन्ध र त्यसबाट मुलुकले प्राप्त गरेको लगानी तथा व्यापारको लागि भएको योगदान बारे पनि प्रष्ट पारेका थिए ।

श्रेष्ठले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न जिल्ला स्तर तथा नगर स्तरबाट समेत चेम्बरको तर्फबाट सक्दो भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्दै पर्यटन क्षेत्रका केही चुनौतिबारे पनि प्रकाश पारेका थिए । अध्यक्ष श्रेष्ठले व्यवसाय संचालन खर्च बढि रहेको बारे व्यक्त गर्दै संघीय प्रणाली पश्चात करको दरमा एक रुपता नभएकोले एकिकृत कर प्रणाली लागू गरिनु पर्नेमा जोड दिए ।

उक्त अवसरमा राष्ट्रपतिले उपस्थित पदाधिकारी तथा सदस्यहरुलाई स्वागत गर्दै चेम्बरका अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको अभिव्यक्तिले नेपालको अर्थतन्त्र तर्फ गइरहेको छ भन्ने बारे यसका अन्तर्निहीत समस्याबारे बुझ्ने अवसर प्राप्त भएकोले यसलाइ सकारात्मक रुपमा लिएको बताए ।

उनले समृद्ध नेपाल तथा सुखी नेपालीको सपना साकार पार्न वर्तमान सरकारको प्रयासलाई सघाउन आग्रह गरिन् । साथै, आधारित अर्थतन्त्रको विकाश गर्न र स्वाधीन अर्थतन्त्र निर्माणको दिशा तर्फ उन्मुख हुन सरकारको प्रयासलाई सहयोग गर्न उनले आब्हान गरेकी छिन् ।

विभिन्न जिल्ला तथा नगरबाट आएका जिल्ला तथा नगर चेम्वरका सभापति तथा पदाधिकारीहरु तथा नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुको उपस्थित रहेको थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.