२०७६ पुष २९ गते १८:०८ विकासन्युज
काठमाडौं । युनाईटेड फाईनान्स लिमिटेडको प्रस्तावित १०.५२ प्रतिशत नगद लाभांश पारित भएको छ । पुस २९ गते सम्पन्न संस्थाको २५औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।
सभाले पारित गरेसँगै शेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ३ प्रतिशत बोनस र ७.५२ प्रतिशत नगद गरी सो मात्राको लाभांश पाउने छन् ।
साथै, सभाले आगामी कार्यकालका लागि सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदमा ५ जनालाई निर्विरोध निर्वाचन गरेको छ । सभाले आगामी ४ वर्षको लागि वसन्त कुमार चौधरी, राहुल ईन्फ्रास्ट्रक्चर प्रा. लि. (प्रतिनिधि रोशन अधिकारी), एम. ए. डव्लु इन्टरप्राइजेज प्रा. लि. (प्रतिनिधि विष्णु कुमार अग्रवाल), वेनी गोपाल मुन्दडा तथा मनिष कुमार खेमकालाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.