पुरानो संसद भवन भत्काएर नयाँ भवन बनाउन विकास समितिकाे निर्देशन 

  २०७६ पुष २९ गते १६:१७     विकासन्युज

काठमाडाैं । व्यवस्थापिका संसदको विकास तथा प्रविधि समितिले पुरानो संसद् भवन भत्काउन निर्देशन दिएको छ । समितिकी सभापति कल्याणी खड्काले पुरानाे भवन भत्काएर नयाँ भवन बनाउन निर्देशन दिएकी हुन् ।

मंगलबार शहरी विकास मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलगायतका प्रतिनिधिसँगको छलफलपछि उनले पुरानो संसद् भवन भत्काएर नयाँ भवन बनाउन निर्देशन दिइएको हो ।

खड्काले पुरानाे भवनकाे माैलिकता कायम राखेर नयाँ अत्याधुनिक भवन बनाउन निर्देशन दिएकी हुन् । तर,  पूरातत्त्व विभाग भने भवन नभत्काई अहिलेकै स्वरुपमा प्रवलीकरण गर्नुपर्ने राय राखेकाे थियाे ।

भूकम्पका कारण क्षतिग्रस्त सो भवन भत्काउने कि नभत्काउने भन्ने विषयमा हालसम्म प्राधिकरण, मन्त्रालय र पूरातत्त्व विभागबीच विवाद हुँदा अहिलेसम्म प्लास्टिकले छोपेर जीर्ण अवस्थामा नै राखिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.