नेपाल बिल्डटेक एक्स्पो २०२० हुँदै, १ सय ६० प्रदर्शनी स्टल रहने

  २०७६ पुष २९ गते १५:५८     विकासन्युज

काठमाडाैं । नेपाल निर्माण व्यवसायी महासंघले नेपाल बिल्डटेक एक्स्पो २०२० आयोजना गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, निर्माण व्यवसाय विकास परिषद् र इन्नो रेग इण्डियाको संयुक्त आयोजनामा माघ ३ गतेदेखि ५ गतेसम्म नेपाल बिल्डटेक एक्स्पो २०२० आयोजना हुने भएको हो ।

महासंघले मंगलबार पत्रकार सम्मलेनको आयोजना गर्दै माघ ३,४ र ५ गते एक्स्पो हुने बताएको हो । महासंघकोृ २१औँ वार्षिक साधारण सभालाई लक्षित गरी एक्स्पो आयोजना हुने भएको छ । माघ ३ र ४ गते हुने महासंघको साधारण सभा रहेको छ ।

भक्तपुरको सल्लाघारी मैदानमा हुने साधारण सभामा देशभरका १५ सय भन्दा बढी व्यवसायीहरुको सहभागिता रहने पत्रकार सम्मलेनमार्फत बताइएको छ । महासंघका महासचिव रोशन दाहालले विश्व बजारमा आएका नयाँ नयाँ निर्माण यन्त्र उपकरणबारे अवगत बनाउन उपयुक्त मञ्च बन्ने विश्वास लिइएको बताए ।

उनले निर्माण उपकरण, इन्टेरियर डिजाइनका सामाग्री, फर्निचरसहित समग्र निर्माण उद्योग र प्रविधिसँग सम्बन्धित १ सय ६० भन्दा बढी प्रदर्शनी कक्षहरु ७० हजार स्क्वायर फिट क्षेत्रफलमा एक्स्पो सञ्चालन गरिने बताए ।

३ दिनसम्म चल्ने उक्त एक्स्पोमा ५ हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल प्रमुख आतिथ्यमा कार्यक्रम सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.