२०७६ पुष २९ गते १४:४४ विकासन्युज
खोटाङ । विद्युत् सर्ट भएर घरमा आगलागी हुँदा रु ४८ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित रमितेडाँडाका गोपी कटवालको दुईतले घर तथा घरमा राखिएका छ तोला सुन, रु दुई लाख नगद, अन्नपात, काठपातलगायत जल्दा रु ४८ लाखभन्दा बढीको क्षति भएको हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.