३२ वटा औद्योगिक ग्राम निर्माण हुने, स्थानीय तहले गरे संघीय सरकारसँग सम्झौता

  २०७६ पुष २९ गते १४:०८     विकासन्युज

काठमाडौं । देशभर ३२ वटा नयाँ औद्योगिक ग्राम निर्माण हुने भएको छ । उद्योग मन्त्रालय, प्रदेश मन्त्रालय र स्थानीय तहको सहकार्यमा २९ करोड ४४ लाखमा नयाँ औद्योगिक ग्राम निर्माण हुन लागेको हो ।

स्थानीय स्रोत साधन, कच्चापदार्थ, प्रविधि र सीपको परिचालन गरी लघु, घरेलु तथा साना उद्योगमा लगानी वृद्धि गर्ने उद्देश्यले औद्योगिक ग्राम निर्माण गर्न लागेको हो । नयाँ औद्योगिक ग्रामले स्थापनाले उद्योगको स्थापना, विकास र प्रवर्द्धन गर्दै रोजगारी सिर्जना गर्ने छ ।

मंगलबार आयोजित उक्त समझदारी कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले स्थानीय अर्थतन्त्रमा योगदान पुर्याउन छरिएर रहेका साना उद्योगहरुलाई एकिकृत गरी व्यवस्थित गर्दै उत्पादन र उत्पादकत्व अभिवृद्धिका औद्योगिक ग्राम निर्माण हुने बताए । उनले भने हामीसगँ भएको स्रोत, साधन र जनशक्ति प्रयोग गरेर यो ग्राममा बस्तु उत्पादन हुन्छ । ग्रामले नेपालको उत्पादनमा वृद्धि गरि देशको आर्थिक अवस्था राम्रो हुने बताए ।

उद्योग राज्य मन्त्री मोतिलाल दुगडले उत्पादन वृद्धि गर्न सरकारले नयाँ कामको सुरु गरेकाे बताएका छन्। सम्झौता भनेको टिकोटालो जस्तो हो । अब यसको धुमधामसँग विवाह गर्नु पर्छ । सरकारलाई उत्पादन हुने वस्तुहरु यो यो हो भनेर आउनुस् मन्त्रालयले सहयोग गर्छ ।

‘सरकारले छानेका ३२ वटा औद्योगिक ग्राम मध्ये हाल २८ वटा औद्योगिक ग्राम निर्माणकाे लागि प्रत्येकले ९२ लाख रूपैयाँ लगिसकेका छन् । अन्य ४ वटाले भने निर्माणकाे लागि रकम लान बाँकी रहेकाे छ। ‘- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव यामकुमारी खतिवडाले भनिन्- ‘यस विषयमा आगामी बजेटमा थप छलफल गरिने छ ।’

साथै, स्थानीय तहले कुन ठाँउ के उत्पादन हुन्छ भनेर पहिचान गरिसकेको छ । सबै स्थानीय तहमा एउटै हुँदैन र सरकारले औद्योगिक ग्रामको निर्देशनलाई सरल बताउने सचिव खतिवडाले बताईन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.