स्वदेशी लघुवित्तद्वारा सेवा आश्रमलाई खाद्यान्न सामाग्री

  २०७६ पुष २९ गते १२:२४     विकासन्युज

काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाले निःसहाय बालबालिका सेवा आश्रममा सरण लिई बसेका अनाथ बालबालिकालाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ ।  संस्थाले स्थापनाको पाँचौ वर्ष पूरा गरी छैंटौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा ईटहरीको संगित चोकमा रहेको उक्त आश्रमलाइ १५ दिनलाई पुग्ने रु. २० हजार बराबरको खाद्यान्न सामाग्री वितरण गरेको हो ।

आश्रममा ३७ जना अनाथ (सडकमा भेटिएका, फालिएका) बालबालिका र ६ जना वृद्धवृद्धाहरुले आश्रय लिई रहेका छन् । आश्रमको प्राङगणमा आयोजित कार्यक्रमा संस्थाका प्रमुख कार्यकारी अधिकृत, नायव कार्यकारी प्रमुख लगायत केन्द्रीय कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत गोविन्द चापागाई र नायव कार्यकारी प्रमुख राजेन्द्र प्रसाद न्यौपानेले संस्थाको परिचय, उदेश्य र कार्यक्षेत्रको बारेमा जानकारी गराउनुका साथै संस्थाले विभिन्न वित्तीय कारोबारका साथै सामाजिक कार्यक्रमहरु पनि गर्दै आएको जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.