पाम आयलमा भारतको प्रतिवन्दले नेपालमा समस्या, निकासी खुलाउन कुटनीतिक पहलमा सरकार

  २०७६ पुष २९ गते १७:३९     राजाराम न्यौपाने

काठमाडौं । नेपालमा उत्पादन नहुने भए पनि सरकारी तथ्याङ्कले पाम आयल नेपालले निर्यात गर्ने एउटा प्रमुख वस्तु हो । तर नेपालमा उत्पादन नै नहुने पाम आयल निर्यात वृद्धि भए पछि भारतले निर्यातमा रोक थियो ।

भारतले विदेश व्यापार नीतिमा परिवर्तन गर्दै पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि नेपाली व्यावसायीको लगानी जोखिममा परेको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले नेपालबाट पाम आयल निर्यातका लागि भारतसगँ आन्तरिक तथा अनौपचारिक छलफल भइरहेको वताए । नेपालबाट भारतमा पाम आयाल ल्याउन दिने विषयमा भारत सकारात्मक रहेकाे ढकालकाे भनाइ छ ।

नेपाली व्यापारीले तेस्रो मुलुकबाट कच्चा पदार्थ आयात गरी नेपालमा प्रशोधन गरेर पाम आयल भारत निर्यात गर्दै आएका थिए ।

पछिल्लो समय नेपालको सबैभन्दा धेरै निर्यात हुने वस्तुको निर्यात नै ठप्प भएपछि त्यसका विभिन्न प्रभावका बारेमा मन्त्रालयले छलफल सुरू गरेको हो ।

पहिलो चरणमा मन्त्रालयका सचिवले उद्योगी तथा सरोकारवालासँग छलफल गरेका गरिरकेका छन् । नेपालको सबैभन्दा धेरै निर्यात हुने वस्तुमा भारतले प्रतिबन्ध लगाएपछि यसबारे कूटनीतिक पहलअघि बढाउने नेपाल सरकारको तयारी छ ।

यी देशबाट आयात हुन्थ्याे नेपालमा पाम आयल

इण्डोनेसिया, मलेसिया, पपुवान्युगिनि, सिंगापुर, चीनलगायतका देशबाट नेपालमा कच्चा पाम आयल आयात हुने गरेको थियो । यसरी आयात भएकाे पाम आयाल विशेष गरेर भारत निकासी हुने गरेकाे थियाे । भारतले नेपालबाट निर्यात रोकेपछि विदेशबाट हुने अयात पनि राेकिएकाे छ ।

पछिल्लो ५ महिनामा नेपालमा सबैभन्दा बढी ९ अर्ब ६९ करोडको पाम आयल इण्डोनेसियाबाट आयात भएको थियो । मलेसियाबाट ५९ करोड, पपुवान्यूगिनिबाट १४ करोड, सिंगापुरबाट ३ करोड र चीनबाट १ करोडको आयात भएको थियो ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा १ अर्ब ७५ करोड रुपैयाँको पाम तेल निर्यात भएको थियो । निर्यात बढेर ५ महिनामा ११ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ ।

आर्थिक वर्ष २०७४/७५ मा ५ अर्ब ४५ करोड, २०७३ ७४ मा ६ अर्ब ७ करोड, २०७२/७३ मा ९ करोड रुपैयाँको कच्चा पदार्थ आयात भएको थियो । निर्यात भने हुन सकेन । भारतले रोक लगाएपछि पाम तेलको निर्यात व्यापार पुनः घट्ने आकलन गरिएको छ ।

भारतले मुख्यतः मलेसिया र इन्डोनेसियाबाटै पाम तेल आयात गर्छ । पाम तेलले मलेसियाको जीडीपीमा करिब ३ प्रतिशत योगदान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.