माघ १ गते ५६ हल गोरु जुधाउने तयारी, नुवाकाेटकाे मेला रसुवा, धादिङ र गाेरखामा विस्तार

  २०७६ पुष २८ गते २०:५८     विकासन्युज

काठमाडौं । माघे संक्रान्तिको अवसरमा नुवाकोट र धादिङका विभिन्न ठाउँमा ५६ हल गोरु जुधाइने तयारी भएको छ । विगतका वर्षहरुमा झै यस वर्ष पनि माघ १ गते नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिका ३ मा गोरु जुधाई मेलाको आयोजना हुने भएको छ ।

सोमबार नेपाल पर्यटन बोर्डमा भएको पत्रकार सम्मेलनमा पर्यटन बोर्डको अगुवाईमा ५६ हल गोरु जुधाइको तयारी भएको जानकारी स्थानीय आयोजकहरुले गराएका छन ।

रसुवा–नुवकोट पर्यटन समाजले आयोजना गरेको पत्रकार सम्मेलन तारुका गोरु जुधाई संरक्षण संस्थाका अध्यक्ष भोजबहादुर भण्डारीले मेलाको तयारी अन्तिम चरणमा पुगेको बताए ।

आन्तरिक तथा वाह्य पर्यटकको प्रबद्र्धन गर्ने उद्देश्यले एक दशक देखि नुवाकोटको तारुकामा एकीकृत ढंगबाट मेला आयोजना हुँदै आएको छ । यस वर्ष पनि माघे संक्रान्तिको अवसरमा नुवकोट तारुकामा २२ हल गोरु जुधाईने र रसुवा नुवाकोटको सीमाना बेत्रावतीमा १२ हलगोरु जुधाइने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यस्तै, नुवाकोटको पंचकन्या गाउँपालिका घलेगाउँमा ८ र धादिङको धुँवाकोटमा १४ हल गोरु जुधाइने कार्यक्रम छ । स्थानीय संस्कृतिलाई जीवित राख्दै राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा समेत यी क्षेत्रहरुको प्रवद्र्धन गर्ने र नेपाल भ्रमण वर्ष २०२० पार्ने अभियानमा समेत गोरु जुधाई मेलाले सहयोग पुर्याउने आयोजकको दावी छ ।

माघे संक्रान्ति नेपालीहरु आफैमा विषेस चाड हो । त्यसमा किसानहरुले आफ्नो गोठमा पालिएका बहर गोरु जुधाएर मनोरंजन प्रदान गर्दै आएका छन ।

नुवाकोटको तारुकामा मल्लकालिन राज जयपृथ्वीबहादुर सिंहको पालादेखी चलिआएको गोरु जुधाई अहिले नुवाकोट, रसुवा, धादिङ र गोरखामा समेत फैलदै आएको छ ।

पत्रकार सम्मेलनमा बोर्डका संचालक समिति सदस्य दिपक महत, पर्यटन व्यावसायी रामशरण थपलिया, रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपाने लगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.