मोरङ्ग उद्योग संङ्गठन संघलाई नाडाको स्वागत, अटोमोवाइल उद्योग स्थापना गर्न जोड

  २०७६ पुष २८ गते १९:२१     विकासन्युज

काठमाडौं । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले मोरङ्ग उद्योग सङ्गठनका अध्यक्ष भीम घिमिरेको नेतृत्वमा आएको ५ सदसिय प्रतिनिधि मण्डललाई सोमबार स्वागत गरेका छन् । आगामी फागुन २ गतेदेखि १० गतेसम्म सञ्चालन हुने बिराट एक्स्पो ‘२० एग्रो एण्ड इन्टरनेशनल एक्जिभिसनको प्रवद्र्धनका सन्दर्भमा आएको सो प्रतिनिधि मण्डललाई नाडाले स्वागत गरेको हो ।

आफ्नै सचिवालयमा स्वागत गर्दे अध्यक्ष दुलालले नाडालाई देशव्यापी बनाउन पहल भईरहेको भन्दै नेपालको पहिलो अटो उद्योग हुलास मोटर्स पूर्व मै स्थापना भएको, लुव्रिकेण्टस उद्योगहरु पनि धेरै पूर्व मै स्थापना भएको बताए । साथै, अब पनि अटोमोवाइल उद्योग स्थापना गर्नका लागि उद्योग सङ्गठन मोरङ्गले पहल गर्न आग्रह गरेका छन् ।

कार्यक्रममा मोरङ्ग उद्योग संङ्गठनका अध्यक्ष भिम घिमिरेले उद्योग व्यवसायको खस्किँदो अवस्थालाई उठाउन नाडाले आवश्यक पहल गरोस, अटोमोवाइल व्यवसायको प्रवद्र्धन र सम्बद्र्धनका लागि नाडाले उल्लेख्य भूमिका निर्वाह गर्न सक्ने बताएका छन् । सोही छलफलमा बिराट एक्स्पो ‘२० एग्रो एण्ड इन्टरनेशनल एक्जिभिसनका संयोजक भोलेश्वर दुलालले सो एक्सपो बारे जानकारी दिँदै उक्त प्रदर्शनीमा सहभागिताका लागि औपचारिक रुपमा निमन्त्रणा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.